Thaha

Saturday 04 May - 5:13 am NST

भारतको  सिक्कीममा पहिरोमा परी ६ जनाको मृत्यु  सडक अवरुद्ध हुँदा सयौ सवारी साधान अलपत्र


काठमाडौं, ३० पुस । भारत सिक्किमको रेङ्गपोमा बिहान पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । बिहान साढे ३ बजे पहाडसगै ठूला– ठुला ढुङ्गा खस्दा झण्डै एक दर्जन बढी सवारीका साधन पुरिएका भारतीय संचार माध्यमले जनाएका छन । पहिरोमा केहि नेपाली पनि परेको आशंका गरिएको छ । पहिरोमा फसेका यात्रु तथा सवारीसाधनको उद्धारका लागि बंगाल तथा सिक्किमका सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा सयौ सवारीसाधन रोकिएका छन् । प्रहरीले सिलगुडी तर्फ आउने र सिक्किम तर्फ जाने सवारीसाधानलाई कालिङ्गपोङ्गको मोन्सुङ्गमा रोकेर अन्य बाटोबाट पठाउन थालेको छ ।